काठमाडौँ– पछिल्लो समयमा मिर्गौला फेल हुने र मिर्गौलामा संक्रमण हुने क्रम तीव्र रुपमा बढिरहेको छ ।
मिर्गौलामा संक्रमण बढ्नु र फेल हुनुको कारण खराब खानपान, प्रदूषण र खराब जीवनशैली हो । उच्च रक्तचाप, मधुमेह भएका व्यक्तिहरू वा धेरै औषधि सेवन गर्नेहरूलाई मिर्गौला क्षति हुने उच्च जोखिम हुन्छ ।
त्यसैगरी घण्टौंसम्म पिसाब राख्नाले पनि मिर्गौलालाई हानि पुर्याउँछ । मिर्गौला स्वस्थ कसरी राख्ने भन्नेबारे तपाईको मनमा प्रश्न उठ्न सक्छ । त्यसैले मिर्गौलाको समस्याको पहिचान, हेरचाह र उपचारबारे हामी चर्चा गर्नेछौं ।
मिर्गौलामा समस्याको संकेत
सामान्यतया तपाईंको मिर्गौलामा समस्या हुँदा शुरुवातमा लक्षणहरु धेरै देखिँदैनन् । शुरुमा तपाईंको हात र खुट्टा सुन्निने, छाला फुस्रोपना आउने, बारम्बार पिसाब आउन सक्छ । यो क्रम अझै राति बढी हुन सक्छ ।
यसका साथै थकान महसूस हुनु, टाउको दुख्नु, कमर मुनिको भाग दुख्नु, ब्लड प्रेसर बढ्दै जानु पनि मिर्गौला समस्याका प्रमुख लक्षणहरू हुन सक्छन् ।
के स्वास्थ्यवर्धक खानाले मिर्गौलाको समस्या समाधान गर्न सकिन्छ ?
धेरै मानिसहरुलाई मिर्गौलाको समस्या हुँदा स्वस्थ खानाले असर कम गर्छ भन्ने भ्रम हुन्छ । तर एकपटक मिर्गौलामामा समस्या भएपछि स्वस्थ खानाभन्दा उपचार नै पहिलो प्राथमिकता हो । यसका लागि चिकित्सकको सल्लाह बमोजिम नै अगाडि बढ्नु उत्तम हुन्छ ।
के धेरै औषधि सेवनले मिर्गौलालाई हानी गर्न सक्छ ?
निश्चित औषधिको अत्यधिक सेवनले पनि मिर्गौला बिग्रन सक्छ । यदि तपाईंले एस्पिरिन, नेप्रोक्सन र आइबुप्रोफेन जस्ता औषधिहरू धेरै लिनुभयो भने तपाईंको मिर्गौलामा असर गर्न सक्छ । यसलाई त्यतिकै दिनहुँ वा नियमित रूपमा सेवन गर्नु हुँदैन । डाक्टरसँगको परामर्श लिएर मात्र औषधि सेवन गर्नुपर्छ ।
के धेरै पानी पिउनाले मिर्गौलाको पत्थरीबाट बच्न सकिन्छ ?
पर्याप्त पानी पिउनु शरीरका लागि राम्रो मानिन्छ । प्रशस्त पानी पिउनाले मिर्गौलाको पत्थरीलाई मिर्गौलाबाट बाहिर निकालेर ढुङ्गा बनाउने पदार्थलाई पातलो पारेर रोक्न मद्दत समेत हुन्छ ।
मानव शरीरमा मिर्गौलाको भूमिका के छ ?
फोहोरको उत्सर्जन मिर्गौलाले रगतबाट फोहोर, विषाक्त पदार्थ र अतिरिक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ ।
तरल पदार्थको सन्तुलन : मिर्गौलाले हाम्रो रगतमा पानी र पोटासियम, सोडियम र क्याल्सियम जस्ता आवश्यक खनिजहरूको सही सन्तुलन कायम राख्छ । यसले हाम्रो शरीरमा फ्लुइड्सको मात्रामा सन्तुलन कायम राख्ने काम गर्छ ।
एसिड–बेस ब्यालेन्स : मिर्गौलाले शरीरको एसिड–बेस सन्तुलन कायम राख्न मद्दत गर्दछ, जसलाई हामी एज ब्यालेन्स पनि भन्छौं ।
रक्तचाप नियन्त्रण : मिर्गौलाले रेनिन नामक हर्मोन बनाउँछ, जसले हाम्रो रक्तचाप नियन्त्रण गर्छ ।
रातो रक्त कोशिकाहरूको उत्पादन : मिर्गौलाले एरिथ्रोपोइटिन भनिने अर्को हर्मोन बनाउँछ । यसले हाम्रो हड्डी भित्र रातो रक्त कोशिका बनाउन मद्दत गर्छ ।
भिटामिन डी : मिर्गौलाले भिटामिन डी सक्रिय गर्दछ, जुन हाम्रो हड्डी र क्याल्सियमको उचित स्तर कायम राख्न आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया