काठमाडौँ– सामान्यतया हामी सबै खानेकुराहरु ट्वाक्क् स्वाद परेको नुन,चिनि,पिरोको मात्रा पुरा लागेको खानेकुराहरु खान रुचाउँछौ । कतिपयको त नुन पनि कडा स्वादमा खाने,यसैगरी चिनीको मात्रा पनि धेरै राख्ने पिरो पनि अत्याधिक रुचाउने हुन्छन् ।
हामी वयस्क व्यक्तिहरुलाई त यसले धेरै असर,प्रभाव पार्दैन पनि तर साना बालबालिकाको हकमा भने यो एकदमै हानिकारक बन्न सक्ने चिकित्सकहरू बताउँछन् । यसकारण अभिभावकहरुले संम्यमता अपनाउन आवश्यक छ ।
नुनको मात्रा कति खुवाउने ?
धेरै मात्रामा नुन वा चिनीको सेवनले स्वास्थ्यमा असर गर्छ । जुनसुकै उमेरमा पनि धेरै नुन र चिनीको सेवन गरिन्छ भन्ने यसले हानि नै गर्छ । नुन र चिनीको धेरै सेवन बालबालिकाका लागि पनि हानिकारक हुन्छ । यसको अत्याधिक सेवनले बालबालिकाको मिर्गौला, दाँत र रोग प्रतिरोधात्मक क्षमता कम हुने जस्ता समस्या निम्त्याउन सक्छ । बच्चा ६ महिना नपुग्दासम्म चिनी र नुन खुवाउन नहुने बताउँछिन् ।
यसैगरी ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई दिनमा एक ग्रामभन्दा बढी नुन खुवाउनु हुँदैन । एकदेखि तीन वर्षसम्मका बालबालिकालाई दिनमा दुई ग्राम नुन खुवाउनुपर्छ । ४ देखि ६ वर्षसम्मका बालबालिकालाई दिनमा ३ ग्राम नुन खुवाउनुपर्छ ।
चिनीको मात्रा कति खुवाउने ?
साना बच्चाहरूलाई चिनी पनि दिनु हुँदैन । बालबालिकाका लागि प्राकृतिक चिजबाट प्राप्त चिनी नै पर्याप्त हुन्छ । उनीहरूले फलफूल र अन्य खानेकुराबाट प्राकृतिक चिनी पाउँछन्, त्यो मात्रै पनि उनीहरूका लागि पर्याप्त हुन्छ । यहाँसम्म की उनीहरुलाई मह पनि ८ महिनासम्म दिनु हुँदैन ।
धेरै नुन खुवाउनु बालबालिकाको हड्डीका लागि पनि हानिकारक हुन्छ । यसले शरीरमा क्याल्सियमको कमी हुन सक्छ । शरीरमा पर्याप्त मात्रामा क्याल्सियम भएन भने हड्डी कमजोर हुन थाल्छ । यसले हड्डी भाँचिन पनि सक्छ, जुन बढ्दो उमेरका बच्चाहरूको लागि राम्रो होइन । यसैगरी नुन या सोडियमको मात्रा बढी हुँदा बालबालिकाहरू डिहाइड्रेसनको शिकार हुन सक्छन्।
जसमा शरीरको पानी पसिना वा पिसाबको रुपमा बाहिर निस्कन्छ ।
साना केटाकेटीहरूले आफूलाई तिर्खा लागेको कुरा आफैंले भन्न सक्दैनन्, त्यसैले तिनीहरूको शरीरमा पानीको कमी हुन सक्छ । यसले गर्दा मिर्गौलाको पत्थरी, शरीर दुख्ने, कब्जियत र कलेजोमा क्षति पुग्छ । अर्को भनेको खानामा धेरै नुनको कारण रगतमा बीपी लेभल बढ्छ र यसले कम उमेरमा उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ । यो समस्या मुटुका लागि निकै हानिकारक हुन्छ र यसले बच्चामा मुटु रोगको जोखिम बढाउन सक्छ ।
यदि बालबालिकालाई धेरै मात्रामा नुन खुवाइन्छ भने, उनीहरुको मिर्गौलाले यो अतिरिक्त सोडियमलाई प्रशोधन गर्न सक्दैन र यसलाई शरीरबाट फिल्टर गर्न सक्दैन । यसले बालबालिकाको मिर्गौलामा धेरै असर गर्छ र उनीहरुमा सानै उमेरमा मिर्गौला रोग देखिन थाल्छ ।
यसर्थ बालबालिकालाई आवश्यकताभन्दा बढी नुन वा चिनी खान दिँदा भने उनीहरूले थुप्रै शारीरिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तै धेरै गुलीयो वा नुनिलो खानेकुराले बच्चामा मोटोपना, दाँतमा हानि हुने र मधुमेह जस्ता दीर्घकालीन रोगहरू पनि लाग्ने सम्भावना हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया