काठमाडौँ- भारतीय प्रहरीले बलिउड अभिनेता सैफ अली खानमाथि हमला गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएकाे छ । उनलाइ बान्द्रा प्रहरी चाैकीमा लगिएकाे छ । तर, प्रहरीले उनकाे पक्राउका बारेमा विस्तृत जानकारी भने दिएकाे छैन ।
प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २ः३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखिएको थियो ।
आक्रमणका क्रममा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो । बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको थियो ।
अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ । अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया