काठमाडौँ- मद्यपान हाम्रो स्वास्थ्यको लागि हानिकारक छ । यद्यपि धेरै व्यक्तिहरुले यसको सेवन गर्छन् । तर अध्ययन के बताउँछ भने मदिराको सेवनले ७ प्रकारका क्यान्सरको जोखिम बढाउने अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले गरेको एक अध्ययनले देखाएको छ । मद्यपानले मुख,घाँटी,स्तन,कलेजो,गला,स्वर यन्त्र लगायतका क्यान्सरको जोखिम बढाउँछ ।
मद्यपानले शरीरमा एसिटाल्डिहाइड उत्पादन गर्छ, जसले डी.एन.ए मा क्षति पुर्याउँछ र क्यान्सरको जोखिम बढाउँछ । मद्यपानले अक्सिडेटिभ तनाव बढाउँछ, जसले डी.एन.ए, प्रोटिन र कोषहरूलाई क्षति पुर्याएर र शरीरमा सुजन बढाएर क्यान्सरको जोखिम बढाउँछ ।
यस्तै मद्यपानले शरीरका विभिन्न हर्मोनको स्तर परिवर्तन गर्छ, जसमा एस्ट्रोजेन पनि पर्छ । यसले महिलामा स्तन क्यान्सरको जोखिम बढाउँछ । यसैगरी मद्यपानले शरीरमा कार्सिनोजेनहरूको अवशोषण बढाउँछ । दिनको दुई गिलास मद्यपान गर्ने १०० मध्ये करिब ५ महिलामा क्यान्सर हुने सम्भावना हुन्छ । दिनको दुई गिलास मद्यपान गर्ने १०० मध्ये करिब ३ पुरुषमा क्यान्सर हुने सम्भावना हुन्छ ।
मद्यपानको असर पुरुष र महिलामा दुवैमा देखिन्छ, तर महिलामा यसको जोखिम अझ बढी हुन्छ । महिलामा मद्यपानले क्यान्सरको जोखिम बढी हुने कारण महिलाको शारीरिक बनावट पनि एक कारण हो । महिलाको शारीरिक आकार सामान्यतया सानो हुने भएकाले समान मात्रामा मद्यपान गर्दा महिलाको रक्तमा मद्यपानको मात्रा उच्च हुने र शरीरका हरेक कोषमा मद्यपानको असर बढी हुने देखिन्छ ।
साथै, महिलामा शरीरको बोसोको मात्रा पुरुषभन्दा बढी हुने हुँदा मद्यपानले महिलामा बढी असर पुर्याउँछ । यता नवीनतम आइ.ए.आर.सी रिपोर्टले विश्वभरि वार्षिक रूपमा हुने ७५,००० मध्ये करिब २० प्रतिशत ओठ र मुखका क्यान्सर मद्यपानका कारण हुने बताएको छ । यस्तै मद्यपानले शरीरलाई क्यान्सरबाट जोगाउन सहयोग गर्ने बी भिटामिन र फोलेटजस्ता महत्त्वपूर्ण पोषक तत्त्वको मात्रा पनि घटाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया