मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चाकु र तरुल स्वास्थ्यका लागि कति लाभदायक ?

काठमाडाैँ- आज माघ १ गते अर्थात् माघे संक्रान्ति । हिन्दु धर्ममा एक पर्वकै रुपमा मनाउने गरिन्छ ।

आजका दिन चाकु, तरुल, तिलका लड्डु, सेलरोटी जस्ता परिकारहरु बनाएर आफन्त तथा इस्टमित्र जम्मा भएर मनाउने गरिन्छ । यसकारण आज हामी चाकु र तरुल स्वास्थ्यका लागि कति लाभदायक छ भन्ने विषयमा जानकारी गराउँछौं ।

माघे सङ्क्रान्तिमा खाइने घिउ, चाकु, तिलको लड्डु, सख्खर र तरुलले जाडोमा न्यानो राख्न सहयोगी भूमिका खेल्ने पोषणविद्हरु बताउँछन् ।

चाकुले शरीरलाई ताप दिन्छ । यसैगरी तरुलमा क्याल्सियम तथा पोटासियम बढीमात्रामा पाइने हुनाले यसले शरीरलाई लाभ पुर्‍याउँछ । तरुल कार्बोहाइड्रेटको स्रोत हो ।

यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्नुका साथै विभिन्न रोग लाग्नबाट बचाउँछ । चाकुमा आइरन प्रशस्त पाइन्छ । यसमा क्यालोरी पनि हुने भएकाले शरीरलाई सुरक्षा प्रदान गर्छ ।

चिसोमा यी खानेकुराहरु खाँदा शरीरलाई शक्ति प्रदान गर्नुका साथै तातो बनाउँछ । शरीरलाई आवश्यक पर्ने फाइबरसँगै विभिन्न भिटामिनहरु यसबाट प्राप्त गर्न सकिन्छ ।

तरुललाई नियमित तरकारीको रुपमा प्रयोग गरेर कब्जियतबाट पनि बच्न सकिन्छ । संक्रान्तिमा तिलको लड्डु पनि खाने चलन छ । तिलले शरीरलाई शक्ति प्रदान गर्छ, जुन जाडो मौसममा अति स्वस्थकर मानिन्छ ।

तिलको लड्डुमा सोलिड फाइबर पाइने भएकोले पाचन प्रक्रियालाई पनि राम्रो गर्छ । तिलको लड्डुमा मल्टिभिटामिन हुने गर्छ । यसबाट आइरन र प्रोटिन पाउनुका साथै शरीरको तापक्रम वृद्धि गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?