मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गेम चेन्जरले बक्स अफिसमा ३ दिनमा कति कमायो ?

काठमाडौँ – जनवरी १० मा भारतीय चर्चित अभिनेता राम चरणको फिल्म गेम चेन्जर रिलिज हुँदा बक्स अफिसमा राम्रो ओपनिङ भयो। यो दक्षिण भारतीय फिल्मले पहिलो दिनमै आधा शताब्दी पार गर्‍यो। यद्यपि, त्यसपछिका दिनहरूमा फिल्मको कलेक्सनमा गिरावट देखियो।

राम चरण अभिनीत यो उच्च अक्टेन एक्सनले भरिपूर्ण राजनीतिक नाटक फिल्म इन्डियन २ निर्देशक एस शंकरले बनाएका हुन्। अनि अब पहिलो सप्ताहन्तमा फिल्मको कमाई हेर्दा लाग्छ कि सायद यो फिल्मले पनि कमल हासनको इन्डियन २ को विनाशकारी बाटो पछ्याएको छ।

राम चरणको गेम चेन्जरले पहिलो दिन अपेक्षा गरेअनुसारको कमाई गर्‍यो। फिल्मले पहिलो दिन ५१ करोड रुपैयाँको राम्रो कलेक्शन गरेको थियो, तर दोस्रो दिन फिल्मको कलेक्शन ५७ प्रतिशतभन्दा बढीले घट्यो र फिल्मको कलेक्शन २१.५ करोड रुपैयाँ मात्र रह्यो।

अब फिल्मको तेस्रो दिनको कमाईसँग सम्बन्धित प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । रिर्पोटका अनुसार फिल्मले साँझ ५:१० बजेसम्म ८.८१ करोड रुपैयाँ कमाएको छ र योसँगै कुल कलेक्सन ८१.४१ करोड रुपैयाँ पुगेको छ।

रिर्पोटका अनुसार अनुसार गेम चेन्जरको बजेट ४०० करोडभन्दा बढी छ र फिल्मले अहिलेसम्म १०० करोड पनि कमाउन सकेको छैन। जबकि शनिबार र आइतबार बिदाका कारण फिल्मको कलेक्सन बढ्ने अपेक्षा गरिएको थियो। तर यस्तो देखिन्छ कि फिल्मले सप्ताहांतको फाइदा पाउने छैन।

गेम चेन्जर कार्तिक सुब्बाराजद्वारा लेखिएको हो। यो उनको कलमबाट १५ औं फिल्म हो। फिल्मकाे निर्देशन एस शंकरले गरेका छन्, जसले रोबोट जस्तो उत्कृष्ट चलचित्र बनाएका छन्। फिल्ममा राम चरण र कियारा आडवाणीका साथै नासेर पनि महत्त्वपूर्ण भूमिकामा देखिएका छन्। फिल्ममा राम चरणको दोहोरो भूमिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?