मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा हिटर ताप्नु स्वास्थ्यका लागि किन हानिकारक ?

काठमाडौँ– जाडोमा न्यानोपनका लागि अधिकांशले हिटर ताप्ने गर्छन् । यसको तापक्रमले शरीरलाई न्यानो बनाउनुको साथै आराम समेत दिन्छ ।

तर हिटर ताप्ने समय र प्रक्रिया नजान्दा यसले झन हानी पुर्‍याउन सक्छ । कतिपय ठाउँमा हिटरले ठूलो धनजनको समेत क्षती पुर्‍याएको छ भने कतिको ज्यानै पनि गएको छ ।

यस मानेमा हिटरले फाइदा भन्दा बेफाइदा गरेको देखिन्छ ।

बढी हिटर ताप्नु किन हानिकारक छ ?

बढी हिटर ताप्दा तपाईंको कोठामा अक्सिजनको मात्रा कम हुँदै जान्छ । कार्वन मोनोअक्साइडको मात्रा बढ्दा तपाईंलाई सास फेर्न गाह्रो हुन्छ भने कतिपय अवस्थामा ज्यान समेत जान सक्छ । यसले रगतको सर्कुलेसन घटेर ब्रेन ह्याम्रेजको पनि जोखिम बढ्छ ।

आँखामा इरिटेसन

हिटरको प्रयोगले तपाईंको कोठाको हावा सुख्खा हुन्छ । यसले तपाईंको आँखामा समेत सुख्खापन आउन सक्छ । जसले गर्दा आँखामा समस्याहरु निम्तन्छन् ।

हिटर बालेर सुत्नाले जोखिम

रातभर हिटर बालेर सुत्नुहुन्छ भने यो अति नै जोखिम हुन्छ । हिटरको वरीपरी कपडाहरु भएमा आगलागी हुन सक्छ भने अक्सिजनको कमीले तपाईंको ज्यान समेत जान सक्छ ।

एलर्जी

कोठामा लामो समयसम्म हिटर बालेर राख्दा तपाईंको छालामा एलर्जी समस्या आउन सक्छ । हिटरले दिएको तापसँगै वरीपरी भएको धूलोका कणहरु तपाईंको छालामा टाँसिन्छन् र यसले छालामा असर शुरु गर्न थाल्छ ।

सास लिन समस्या

हिटरले हावा सुख्खा हुने भएकोले सास लिन केही समस्या हुन सक्छ । सुख्खा हावाले नाक, मुख र घाँटी समेत सुख्खा हुने भएकोले यस्तो समस्या उत्पन्न हुन्छ । अझ एलर्जी हुनेहरुका लागि यो समस्या गम्भीर रुपमा हुन सक्छ ।

कसरी सुरक्षित रहने ?

–हिटर बाल्ने समयमा भेन्टिलेसनलाई खुल्ला राख्नुपर्छ ।
–हिटर बाल्दा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
–हिटर बाल्दा थोरै समयका लागि भएपनि ब्रेक लिन निभाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?