मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चुलाचुलीको प्रस्तुतिमा नाटक ‘मुक्कुम्लुङ’ मञ्चन हुने

काठमाडौँ– चुलाचुली रङ्गमञ्चको प्रस्तुतिमा नाटक ‘मुक्कुम्लुङ’ मञ्चन हुने भएको छ ।

एक थिएटरको सहकार्यमा थापागाउँस्थित मण्डला थिएटरमा माघ ४ गतेदेखि २७ गतेसम्म मञ्चन हुने नाटकलाई विष्णु मोक्तान, अनिल सुब्बा र गिलु रातोसले लेखेका हुन् भने पपिरकल्पना तथा निर्देशन नाटक लेखक सुब्बाले गरेका छन् ।

यतिबेला नाटक मञ्चन तयारीकै लागि रिहर्सल कार्य तीव्र रुपमा चलिरहेको छ । नाट्य समूहका अनुसार नाटकले ‘मुक्कुम्लुङ’ (पाथीभरा)मा केवलकार राख्ने सरकारको निर्णय विरुद्ध भइरहेकाे आन्दोलनलाई उठान गरेको छ ।

मुन्धुम अनुसार पृथ्वीकै पहिलो महिला मुजिङना खेयनाको अस्तित्व कथा र मुक्कुम्लुङ क्षेत्रको महिमालाई समेत नाटकले जोड दिएको छ ।

नाटकमा नाटकमा लेखक मोक्तानसँगै सुरज तमु, मणि के. राई, शोभा लिम्बु, वेदना राई, प्रतिना राई, मानहाङ लावति, भूमिका थारु, सौजन सेनेहाङ, पवन कुमार गोले, अजय लामा, डेविड सुवेदी, संजीत थुलुङ राई, अन्जना राई, सम्पदा राई, रमिता राई, प्रवीण मगर, नुमा राई, अमर बाबु बुढाथोकी, इशा सिंजाली र आकाश सुहाङ लिम्बुको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?