काठमाडौँ – नयाँ वर्षको छुट्टी मनाएर बलिउड अभिनेत्री करीना कपूर आफ्ना श्रीमान् र छोराहरूसँग मुम्बई फर्किएकी छन् । करीना कपूर र सैफ अली खान नयाँ वर्षको छुट्टी मनाउन विदेश गएका थिए। सन्तानसँग नयाँ वर्षमा छुट्टीकाे समय बिताएपछि करीना दम्पती मंगलबार मुम्बई फर्किएका हुन् ।
करिना कपुर खान र सैफ अली खानले छोरा तैमुर र जेहसँग विदेशमा नयाँ वर्षको स्वागत गरेका थिए । मंगलबार करीना कपूर र सैफ अली खान आफ्ना दुई बच्चाहरुसंग मुम्बई एयरपोर्टमा देखिएकाे समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
यस क्रममा करिना कपूर निकै स्टाइलमा देखिएकी थिइन् । करीनाको एयरपोर्ट लुकको बारेमा कुरा गर्नुपर्दा अभिनेत्रीले कालो टि-सर्ट र डेनिम ज्याकेटको साथ कालो स्लाक्स र उनले डार्क शेड लगाएकी थिइन् र मरुन ह्यान्डब्याग बोकेकी थिइन्। यस क्रममा करिना पूर्ण स्वैगमा देखिएकी थिइन् ।
नीलो टी-सर्ट र जिन्सको साथ ब्राउन जुत्तामा सैफ अली खान एकदमै स्टाइलिश देखिन्थे। करीना र सैफका दुवै छोराको लुकको बारेमा कुरा गर्दा, दम्पतीका जेठा छोरा तैमुरले खैरो रंगको ट्र्याकसूट लगाएका थिए र रातो रंगको झोला बोकेको देखियो। निलो टी-सर्ट र कालो प्यान्टमा जेह निकै प्यारो देखिन्थे। जेहले निलो झोला पनि बोकेका थिए।
सैफ आफ्ना दुवै छोराको हेरचाह गर्दै एयरपोर्टमा बुवाको ड्युटी गरिरहेको देखिएका छन् । करीना कपूर फुल स्टाइलमा देखिएकी थिइन् । यस क्रममा प्याप्सले अभिनेत्रीको धेरै तस्विर पनि क्लिक गरेका छन् ।
सैफ र करिनाका छोराहरुसँगका यी तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया