मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोमा अदुवा पिसेर चिया बनाउँदै हुनुहुन्छ ? जान्नुहोस् यो कति खतरनाक छ

काठमाडौँ – अदुवाको अत्यधिक सेवनले यसको साइड इफेक्ट शरीरमा स्पष्ट देखिन सक्छ। जस्तै छातीमा जलन, एसिड रिफ्लक्स, छातीको तल्लो भागमा जलन आदि हुने अध्ययनले जनाएकाे छ ।

अदुवा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर भनिन्छ, जुनसुकै कुराको लत सधैं हानिकारक हुन्छ । त्यसैगरी चियामा अदुवा पिसेर बारम्बार मिसाएर पिउने हो भने समग्र स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

जसका कारण पेट र छातीमा जलन हुने, पखाला लाग्ने, ग्यास लाग्ने र पेट दुख्ने समस्या हुनसक्छ । सन् २०१९ को एक अनुसन्धान अनुसार तपाईले शरीरमा अदुवाको साइड इफेक्ट देख्न सक्नुहुन्छ।

अदुवाको चिया धेरै पिउनाले एसिड रिफ्लक्सका कारण मुटुमा जलन हुन्छ, जसले छातीको तल्लो भागमा जलन हुने गर्छ । पूरै दिनमा १ ग्रामभन्दा बढी नुन खानु हुँदैन । अदुवाको चिया पिउनाले वा खानामा मिसाउँदा शरीरमा यस्ता समस्या निम्त्याउँछ ।

पेटको जलनः अदुवाले शरीरलाई न्यानोपन प्रदान गर्ने भए पनि यसको बढी सेवनले पेट जलन, एसिड बन्ने, ग्यास र कब्जियत जस्ता समस्या निम्त्याउन सक्छ। तर, खाना खाएपछि थोरै मात्रामा सेवन गरेमा पेट फुल्ने समस्या कम हुन्छ ।

रगत जम्नलाई असर गर्छ: अदुवामा रगतलाई पातलो बनाउने गुण हुन्छ। तर, यसको अत्याधिक सेवनले रगत जम्ने समस्यालाई असर गर्न सक्छ। यसको अत्याधिक सेवनले रगत पातलो बनाउने औषधि सेवन गर्नेहरुको समस्या बढ्न सक्छ ।

रगतमा चिनीको मात्रा कम हुन सक्छ: खानामा अदुवाको मात्रा बढी समावेश गर्दा इन्सुलिनको स्तरमा बाधा पुग्न सक्छ। जसका कारण रगतमा चिनीको मात्रा अचानक घट्न सक्छ ।

मुखमा घाउः अदुवाको धेरै सेवन गर्नुहुन्छ भने यो समस्याले सताउन सक्छ । त्यसैले अदुवालाई सकेसम्म सीमित मात्रामा प्रयोग गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?