काठमाडौँ – भारतीय अभिनेत्री हिना खान केही समयदेखि क्यान्सरजस्ताे खतरनाक रोगसँग निकै साहसका साथ लड्दै छिन् । हिना खानको अर्को फिल्म ‘गृहलक्ष्मी’ चाँडै रिलिज हुँदैछ । अहिले सामाजिक सञ्जालमा उनको एउटा पोस्टले मानिसलाई निकै भावुक बनाएको छ ।
एकातिर हिना खान अस्पतालमा यो रोगको पीडाबाट गुज्रिरहेकी छिन् भने अर्कोतर्फ त्यही पीडालाई जित्नका लागि उनी जीवनका सुन्दर पलहरु लगातार बुनिरहेकी छिन् ।
यही कारणले गर्दा उनले सामाजिक सञ्जालमा अस्पताल र आफ्नो उपचारको कथा सुनाउने क्रममा आफ्ना सुन्दर पलहरूको झलक पनि देखाउँछिन्, जसलाई उनले हर हालतमा बाँच्ने लक्ष्य बनाएकी छिन् । हिना सामाजिक सञ्जालमा लगातार सक्रिय छिन् र हालै उनले एक भावुक पोस्ट गरेकी छिन् ।
गत वर्ष सेप्टेम्बरमा हिना खानले सामाजिक सञ्जालमा स्टेज ३ स्तन क्यान्सरसँग लडिरहेको बताएकी थिइन् । यसपछि उनले आफ्नो उपचारलाई लिएर धेरै पोष्ट पनि गरिन्, जसले मानिसहरु निकै भावुक बनेका थिए ।
यस पोस्टमा हिना खानले लेखेकी छिन्, ‘जबसम्म भगवान छन्, मलाई तोड्न सक्ने पृथ्वीमा कोही छैन।’ हिनाको यो पोष्टले उनको साहस र उनी हार स्विकार्न नसक्ने प्रष्ट देखाउँछ ।
हिना भर्खरै आफ्नो काममा फर्किएकी छिन् । हिना लगातार आफ्ना प्रोजेक्टहरू गरिरहेकी छिन्। हालै उनी एक सेटमा देखिएकी थिइन्, जहाँ उनको लुक देखेर मानिसहरुले उनको निकै तारिफ गरिरहेका थिए । तर, भिडियोमा हिनाले आफ्नो स्वास्थ्यको बारेमा कुरा गरिरहेको देखिन्छ ।
योसँगै हिना खानको अर्को फिल्म ‘गृहलक्ष्मी’ जनवरी १६ मा रिलिज हुँदैछ, जसमा चंकी पाण्डे र राहुल देवको महत्वपूर्ण भूमिका छ । हिना खानको यो फिल्म EPIC ON मा रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया