मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अति विपन्न नागरिकका लागि आवास निर्माण

जोयनेपाल
91
Shares
कैलालीको लम्किचुहा नगरपालिकाले अति विपन्न नागरिकहरूका लागि निर्माण गरेको घर । नगरपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत ४५ घर निर्माण सम्पन्न गरेको छ । तस्बिर : ईन्द्राकुमारी केसी / रासस

घोडाघोडी ‘कैलाली’ – कैलालीको लम्किचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण गरेको छ । गरिबीका कारण चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएको नगर प्रमुख सुशीला शाहीले जानकारी दिए ।

नगर प्रमुख जनता आवास कार्यक्रमअन्तर्गत वडा नं ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन् भने सोही वडाका दलित तथा अति विपन्न गैरदलितहरूका पाँच घर निर्माण भएका छन् ।

यस्तै वडा नं ३ स्थित बल्चौर बादी बस्तीमा सात घर निर्माण गरिएका छन् । सोही कार्यक्रमअन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । शाहीका अनुसार चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले घर निर्माणका लागि दुई करोड विनियोजन गरेको छ । असार मसान्तसम्म पालिकाका १० वटै वडा छुनेगरी काम सुरू गरिनेछ ।

“जनता आवास भनेर हामीले पहिला ५० लाख बजेट विनियोजन गरेका थियौँ,” नगर प्रमुख शाहीले भने, “बजेट अपुग भएपछि पुनः ५० लाख थप गरी रू एक करोड बनायौँ र राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण भएका छन् । ३४ घर निर्माणका लागी थप बजेटमार्फत सम्झौता भएर प्रक्रिया अघि बढेको छ ।”

उनका अनुसार आवास निर्माणका लागि प्रदेशबाट रू दुई करोड बजेट आएकाले काम गर्न थप सहज भएको छ । “सुकुम्वासी, मुक्तकमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अब १० वटै वडामा काम गर्छौं,” नगर प्रमुख शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?