मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चालीस करोड कमाएको फिल्म ‘बेबी जोन’ मा कलाकारले कति पारिश्रमिक लिएका थिए?

काठमाडौँ– वरुण धावन कीर्ति सुरेश र वामिका गब्बी स्टारर एक्सन ड्रामा फिल्म ‘बेबी जोन’ क्रिसमस दिवसको अवसर पारेर रिलिज भएको थियो । तर, व्यावसायिक रुपमा यो फिल्म सफल  हुन सकेन ।

यो फिल्म रिलिज हुँदा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘पुष्पा २’ ले धमाकेदार व्यापार गरेको थियो । यो फिल्मले दक्षिण भारतमा मात्र होइन, भारतमा तहल्का मच्चाइरहेको छ ।

खासमा भन्नुपर्दा ‘बेबी जोन’ लाई चर्चित निर्देशन एटलीले निर्माण गरेका थिए । यसअघि एटलीले निर्देशन गरेको फिल्ममा शाहरुख खान थिए, जुन फिल्मले उनको करिअरमा सबैभन्दा बढी व्यापार गरेको थियो । फिल्मको निर्देशन कलिशले गरेका थिए ।

भारतीय मिडियाका अनुसार यो फिल्ममा अभिनय गर्नका लागि वरुण धावनले २५ करोड रुपैयाँ भारु पारिश्रमिक लिएका थिए । यस्तै मुख्य भूमिका निभाएकी अभिनेत्री कीर्ति सुरेशले फिल्मका लागि ४ करोड भारु बुझेकी थिइन् भने ज्याकी श्राफले डेढ करोड भारु पारिश्रमिक पाएका थिए

यस्तै वामिका गब्बीले यो फिल्मका लागि ४० लाख भारतीय रुपैयाँ बुझेकी थिइन् भने जारा जायनालाई २० लाख भारतीय रुपैयाँ दिइएको थियो ।

यति मात्र होइन, फिल्ममा सलमान खानको पनि केमियो भूमिका देख्न सकिन्छ । केमियोका लागि सलमानले भने कति पनि रकम लिएका थिएनन् ।

फिल्म १२० करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको थियो । यो दक्षिण भारतीय अभिनेता विजय थलापतिको फिल्मको रिमेक हो । यो फिल्मले रिलिजको ११ दिनमा जम्मा ४० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?