मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसपटकको काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल दमकमा हुने

काठमाडौँ– नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक–९ स्थित कदम नाट्यघरले काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नाट्यघरका अध्यक्ष हेमन्त बुढाथोकीले आगामी माघ ५ र ६ गतेसम्म सञ्चालन हुने किम्फ चलचित्र महोत्सव भव्य रूपले सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए ।

आयोजक संस्था कदम नाट्यघरका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुढाथोकीले महोत्सवमा १४ वटा लामा तथा छोटा वृत्तचित्र र कथानक चलचित्रहरू देखाइने बताए। विभिन्न सामाजिक मुद्दाका दुई विधामा सामूहिक छलफल हुने उनले बताए ।

तीन तहका सरकार र समाजमा दलित समुदायको प्रतिनिधित्व, आवश्यकता र महत्वसम्बन्धी सामूहिक छलफल हुने अध्यक्ष बुढाथोकीले बताए । उनले यो छलफलले राजनीतिक तथा सामाजिक क्षेत्रमा दलित समुदायको समावेशीकरणसँग सम्बन्धित चुनौती र अवसरलाई उजागर गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।

“सामाजिक न्याय र समानताको मार्गमा गरिएका प्रगतिका साथै विद्यमान समस्या, समाधानका उपाय र पूरा गर्नुपर्ने चुनौतीसम्बन्धी विज्ञहरू, अभियन्ता र सरोकार भएका पक्षको सामूहिक छलफल हुनेछ”, नाट्यघरका अध्यक्ष बुढाथोकीले भने। उनका अनुसार महोत्सवमा करिब एक हजार कलाप्रेमी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?