काठमाडौँ– कलाकार कपिलमणी दीक्षितको ‘न्यूड कला’ प्रदर्शनी शुरु भएको छ ।
लाजिम्पाटस्थित ताक्पा ग्यालरीमा शनिबारदेखि दीक्षितको एकल कला प्रदर्शनी शुरु गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि ‘न्यूड कला’ सिर्जनामा रहेका दीक्षित कलाका माध्यममा नै मानव शरीर यसको अस्तित्वको खोजी गर्छन् ।
‘लाइन्ज अफ इमोसन : न्यूड एक्प्रेसन्ज’ शीर्षकमा जारी प्रदर्शनीमा रहेका सिर्जनाहरु मार्फत दीक्षितले न्यूड कलामा मानव शरीर र यसका अनेकन भावहरु खोजी गर्ने जमर्को गरेका छन् ।
प्रदर्शनी माघ १९ गतेसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया