मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसएस राजमौलीले थाले नयाँ फिल्मको काम, भारतकै सबैभन्दा महङ्गो हुने

काठमाडौँ- एसएस राजमौलीले नयाँ फिल्ममा काम थालेका छन् । सुपरस्टार महेश बाबुको साथमा निर्देशक एसएस राजामौलीको अर्को फिल्मको प्रतिक्षाको घडी समाप्त भएको छ ।

हालै सार्वजनिक समाचार अनुसार नयाँ फिल्ममा हलिउडमा समेत चर्चा कमाएकी प्रियंका चोपडाले महेश बाबुसँग मुख्य भूमिका निभाएकी छिन् भने मलयालम स्टार पृथ्वीराज सुकुमारन मुख्य खलनायकको रूपमा रहने छन्।

यद्यपि यो फिल्मको नाम भने अझैसम्म नजुरेको जनाइएको छ । फिल्ममा जंगलको साहसिक यात्रा समावेश रहने भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्म दुई भागमा बनाइने हल्ला छ ।

समाचारमा भनिएको छ कि यसको लागत १ हजार करोडको हुनेछ । यससँगै यो फिल्म सबैभन्दा महङ्गो भारतीय फिल्म बन्ने छ । फिल्ममा काम गरेबापत एसएस राजामौली र महेश बाबुले शुल्क नलिने जनाइएको छ । बरु उनीहरुले फिल्मका उत्पादकहरूसँग ४० प्रतिशत नाफा साझेदारी गर्नेबारे सम्झौता गरिसकेका छन् ।

फिल्मको छायांकन यसै वर्षको अप्रिलमा शुरु हुने अपेक्षा गरिएको छ र निर्माताहरूले पहिलो भाग २०२७ मा र दोस्रो भाग २०२९ मा रिलिज गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?