मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी

काठमाडौँ- विश्वलाई हरित ऊर्जातर्फ लैजान र स्मार्ट टेक्नोलोजीका लागि डाटा सेन्टरहरू निर्माण गर्न खनिज पदार्थको ठूलो मात्रा आवश्यक पर्ने गर्दछ ।

यो कुरा बुझेको उत्तरी छिमेकी चीनले यी खनिज पदार्थमा निरन्तर आफ्नो पकड बलियो बनाउँदै लगेको छ ।

चिनियाँ कम्पनीहरूले धेरै महत्त्वपूर्ण खनिजहरूमा आफ्नो प्रभुत्व बढाउँदै विश्वव्यापी रूपमा ठूला खानीहरूमा लगानी गरिरहेका छन् । यो अवस्था पश्चिमी देशहरूका लागि मात्र चिन्ताको विषय होइन, विश्वव्यापी आपूर्ति शृङ्खलामा यसको प्रभाव पर्ने सम्भावना पनि उत्तिकै बढेको छ ।

गत वर्ष चिनियाँ कम्पनीहरूले विश्वव्यापी खानीहरूमा करिब १६ अर्ब डलर लगानी गरेका थिए, जुन पछिल्लो दशकमा सबैभन्दा ठूलो लगानी मध्ये एक हो । यसमा अफगानिस्तान, घाना र जाम्बियाजस्ता देशहरूमा तामा, सुन र अन्य खनिजहरूको खानीहरू समावेश रहेका छन् ।

चीनले तामा जस्ता खनिजहरूमा विशेष ध्यान दिएको छ, जुन विद्युतीय सवारी साधन र हरित ऊर्जासँग सम्बन्धित उपकरणहरूको लागि महत्त्वपूर्ण मानिन्छ । सन् २०२३ मा चिनियाँ कम्पनीहरूले आफ्नो कुल विदेशी लगानीको ६० प्रतिशत तामा उत्खननमा लगाएका छन् ।

यसबाहेक विद्युतीय सवारी साधनको ब्याट्रीका लागि आवश्यक लिथियम र कोबाल्टजस्ता खनिजमा चिनियाँ कम्पनीको लगानी पनि निरन्तर बढिरहेको छ । उदाहरणका लागि गेनफेन लिथियमले अर्जेन्टिनादेखि अस्ट्रेलियासम्म आफ्नो खनिज भण्डार विस्तार गरेको देखिएको छ ।

चिनियाँ खानी कम्पनीहरू अहिले विश्वको सबैभन्दा ठूलो खनिज उत्पादकहरूमा गनिन थालेका छन् । सर्बियादेखि सुरिनामसम्म खनिज सम्पदाको स्वामित्वमा रहेको जिजिन माइनिङले अब बिएचपीजस्ता खनन दिग्गजहरूको बराबरीमा उत्पादन गरिरहेको छ । 

सीएओसी अर्को चिनियाँ कम्पनी हो, जो अहिले विश्वको सबैभन्दा ठूलो कोबाल्ट उत्पादक कम्पनीको रूपमा दरिएको छ ।

गत वर्षको पहिलो ९ महिनामा चीनले १२ प्रतिशत बढी तामा, २१ प्रतिशत बढी कोबाल्ट र २० प्रतिशत बढी बक्साइट आयात गरेको थियो । यी खनिजहरू चीनमा ब्याट्री, सौर्य प्यानल र विद्युतीय सवारी साधनको उत्पादनमा प्रयोग भइरहेका छन् ।

यी सबै खनिजहरूले चीनको ठूलो उद्योगको आवश्यकताको लागि धातु उत्पादनको आधारलाई बढवा दिने गर्दछ, जुन अन्य कुनै पनि देशको तुलनामा धेरै अगाडि छ । परिष्कृत खनिजहरूको कुरा गर्दा चीनले विश्वव्यापी आपूर्तिमा करिब ६० प्रतिशत ब्याट्री ग्रेड लिथियम, ६५ प्रतिशत निकल, ७० प्रतिशत कोबाल्ट र ९० प्रतिशत दुर्लभ तत्वहरू नियोडियमियम आपूर्ति गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?