मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने

काठमाडौँ – टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबारदेखि हुने भएको छ ।लिगमा पुरुषरमहिलामा समान पाँच–पाँच गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ किलो तौलसमूहमा खेल हुनेछ । त्यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ किलोमा प्रतिस्पर्धा हुनेछ । करिब तीन सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौँराले जानकारी दिए ।

काठमाडौँ जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात र तीन अङ्क प्रदान गरिने छ ।

प्रतियोगिताका खेलहरू टोखा नगरपालिका–५ को कार्यालयमा हुनेछ । तीनरतीन महिनाको अवधिमा सञ्चालन गर्नेगरी सुरुआत गरिएको उक्त लिगको तेस्रो संस्करण आगामी फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?