मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाकिस्तानको कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा

काठमाडौँ – आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क ‘एक्युआई’ को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् । 

लाहोर र कराची दुवैले गम्भीर वायु प्रदूषणसँग जुझिरहेका छन् । यसले जनस्वास्थ्यका लागि ठूलो खतरा खडा गरेको छ । विशेष गरी लाहोरलाई विश्वको सबैभन्दा प्रदूषित सहरको रूपमा स्थान दिइएको छ । लाहोरको एक्युआई ३५४ छ । यसलाई बासिन्दाहरूका लागि ‘खतरनाक’ मानिन्छ । 

एक्सप्रेस ट्रिब्युनका अनुसार एक करोड १० लाखभन्दा बढी जनसङ्ख्या भएको यो सहर सवारी साधनको उत्सर्जन, औद्योगिक गतिविधिहरू र बाली जलाउने कार्यका कारण लामो समयदेखि खराब वायु गुणस्तरसँग जुधिरहेको छ ।

नतिजाको रूपमा विशेष गरी जाडो महिनाहरूमा जब धुवाँ सबैभन्दा तीव्र हुँदा धेरै बासिन्दाले दम र अन्य फोक्सोका रोगसहित बढ्दो श्वासप्रश्वास समस्याहरूको सामना गर्नुपरेको छ । 

गत महिनामा धुवाँका कारण १८ लाख ८६ हजार ५८६ जना बिरामी परेका छन् । तीमध्ये एक लाख २९ हजार ,२२९ ले श्वासप्रश्वासको समस्याका लागि अस्पताल उपचार खोजिरहेका छन् । 

यसैबीच, ६१ लाख १५३ व्यक्तिमा कार्डियोथोरेसिक अवस्थाहरू अवस्था निदान गरिएको छ । त्यसैगरी दैनिक ६९ हजार ३९९ भन्दा बढी बिरामी श्वासप्रश्वासको समस्या, छाती दुख्ने वा धुवाँको कारणले स्ट्रोक भएको रिपोर्ट गरिएको छ । 

रिपोर्ट अनुसार पाकिस्तानको सबैभन्दा ठूलो सहर कराची १६४ को एक्यूआई सहित सूचीमा १३औँ स्थानमा छ । यसले यो सरहलाई ‘अस्वस्थ’ श्रेणीमा राखेको छ ।

सहरको व्यस्त बन्दरगाह, भारी ट्राफिक र औद्योगिक क्षेत्रहरूले उच्च प्रदूषणको स्तरमा योगदान पुर्याउँछ । यसले वातावरण र जनस्वास्थ्य दुवैलाई खतरामा पारेको छ ।

वायु प्रदूषणको सामना गर्न निरन्तर प्रयासहरू भए पनि कराचीको हावाको गुणस्तर बिग्रँदै जाँदा बासिन्दाहरू, विशेष गरी पहिले नै स्वास्थ्य अवस्थाहरू भएका मानिसहरूलाई गम्भीर खतरा उत्पन्न गरेको छ । 

गैरसरकारी वातावरणीय सङ्गठन क्लाइमेट एक्सन सेन्टर ‘सिएसी’ ले यसअघि लाहोर र पञ्जाबका अन्य सहरमा धुवाँका साथै कराचीमा हालैको धुवाँलाई सवारी उत्सर्जनसँग जोडेको छ । 

मंगलबार कराची प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सिएसी निर्देशक यासिर हुसेनले पेट्रोल र डिजेल सवारी साधनहरूबाट उत्सर्जन यी शहरहरूमा प्रदूषणमा प्रमुख योगदानकर्ता भएका बताए । कराचीमा ६० प्रतिशत र लाहोरमा ८० प्रतिशत प्रदूषणका लागि जिम्मेवार छ ।

यसैबीच जाडो याममा दादुराको प्रकोपले स्वास्थ्य विशेषज्ञहरूबीच चिन्ता बढाएको छ । विशेष गरी कुपोषित, प्रतिरक्षाविहीन वा खोप नलगाएकाका लागि नाक बग्ने, ज्वरो, खोकी, रातो आँखा र छालाको चकत्ते जस्ता लक्षणहरूद्वारा चिह्नित दादुरा कमजोर बच्चाहरूका लागि घातक हुनसक्छ । 

चिकित्सकहरूले यो अत्यधिक सरुवा रोग एक बच्चाबाट अर्को बच्चामा छिटो फैलने चेतावनी दिएका छन् । उनीहरूले आमाबाबुले आफ्ना बच्चाहरूलाई यस सङ्क्रामक रोगबाट जोगाउन नौ महिनादेखि डेढ वर्ष उमेरका बीचमा दादुरा विरुद्धको खोप लगाउन सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?