काठमाडौँ– बालगायक सचिन परियारको निधन भएको छ । उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधवार उपचारका क्रममा बिहान १० बजे निधन भएको हो ।
सचिनका बुवा तेजेन्द्र परियारका अनुसार केही समयदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो । उनको उपचारका लागि भन्दै तेजेन्द्रले सहयोग रकम समेत उठाएका थिए ।
सामाजिक सञ्जालमार्फत भाइरल भएका सचिनलाई धेरैले बालगायकका रुपमा चिन्ने गर्छन् । उनले म्युजिक र टेलिभिजन सिरियलमा समेत अभिनय गरेका छन् भने केही गीतमा स्वर दिएका छन् ।
उनले स्वर दिएका ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायतका गीत चर्चित छन् । उनले बोल्ने थेगो ‘के छ हजुर’ पनि खुबै रुचाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया