मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलाकारको चर्को पारिश्रमिकले मलयालम उद्योगलाई सात सय करोड घाटा !

काठमाडौँ– वर्षैपिच्छे कमाइ र हिट फिल्मका कारण साउथ सिनेमाले बलिउडलाई ओझेलमा पारेको छ ।

दक्षिण सिनेमामा, टलिउड (तेलुगु), कलिउड (तमिल), चन्दन (कन्नड) र मलयालम सिनेमाले प्रत्येक वर्ष आफ्ना फिल्महरूबाट धमाका गरिरहेका छन् ।

अहिले तेलुगुको ‘पुष्पाः २ द रुल’ र मलयालम सिनेमाको एक्शन थ्रिलर फिल्म ‘मार्को’ ले बक्स अफिसमा राज गरिरहेका छन् ।

यसैबीच, सन् २०२४ मलयालम सिनेमाका लागि ठूलो घाटाको वर्ष भएको खबर आएको छ । चालु आर्थिक वर्षमा करीब १९९ फिल्म रिलिज भएका थिए, जसमध्ये २६ फिल्म मात्रै बक्स अफिसमा हिट हुन सफल भएका छन् । केरला चलचित्र निर्माता संघले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ कि सन् २०२४ मा मलयालम सिनेमाबाट १९९ फिल्म रिलिज भएका छन्, जसमध्ये २६ फिल्म मात्रै सफल भएका छन् ।

यी सबै फिल्मको कुल लागत १००० करोड रुपैयाँ थियो र रिटर्न मात्र ३०० करोड हुन पुगेको छ। उसका अनुसार योसँगै मलायालम सिनेमा उद्योगले सन् २०२४ मा ७०० करोडको ठूलो घाटा बेहोरेको छ । निर्माण पक्षले चलचित्रको लागत र कलाकारको चर्को पारिश्रमिक नै घाटाको प्रमुख कारण रहेको बताएको छ ।

तर, सन् २०२४ मा मलयालम सिनेमाबाट १०० करोड र ५० करोड कमाउने फिल्महरू पनि रहेका छन । सुपरस्टार मोहनलालको कुन फिल्मले दर्शकलाई निराश बनायो भन्ने पनि थाहा यस तथ्यांकवाट थाहा हुनेछ ।

सय करोड क्लबमा प्रवेश गर्ने चलचित्रहरु कमै रहे । सन् २०२४ मा केही मलायालमहरू मात्र १०० करोडको क्लबमा प्रवेश गरेका छन् । १०० करोड कमाउने फिल्ममा अवेशम, मन्जुमेल ब्वाईज, आदुजीवतम, प्रेमलु र एआरएम पर्छन्।

यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म मञ्जुमेल ब्वाईज हो, जसले २४२ करोड कमाएको छ । योसँगै ५० करोड कमाउने फिल्ममा काण्डम, किष्किंदा, वर्षङ्गल्कु शेषम र गुरुवायुयार अम्बालानादयिल रहेका छन् ।

धेरै मलयालम चलचित्रहरू चालू वर्षमा पुनः रिलिज भएका थिए, जसमा मनचित्रान्थाझु र वेलियाट्टन पनि समावेश थिए। योसँगै मलयालम सुपरस्टार मोहन लालको फिल्म बरोज पनि फ्लप साबित भएको छ र जसका कारण सुपरस्टारका फ्यानहरु निकै निराश भएका छन् ।

योसँगै केरला फिल्म प्रोड्युसर एसोसिएसनले पनि यसप्रति चिन्ता व्यक्त गर्दै सकेसम्म धेरै राम्रा फिल्म बनाउन निर्माताहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?