मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलमान खानको ‘सिकन्दर’ ले तोडयो शाहरूख खानको रेकर्ड

काठमाडौँ– बलिउड अभिनेता सलमान खान पुन: एक एक्सन फिल्मका साथ देखा पर्दैछन् । उनको आगामी फिल्म ‘सिकन्दर’ यतिबेला चर्चामा छ । जुन फिल्म सन् २०२५ मा रिलिज हुँदैछ ।

‘गजनी’ र ‘होलिडे’का लागि चर्चित एआर मुरुगादासले सलमानलाई निर्देशन गर्दैछन् र ‘सिकन्दर’मा उनीहरूको जोडी देखेर मानिसहरू निकै उत्साहित भएको देखिएको छ ।

फिल्म रिलिज हुन अझै धेरै समय बाँकी छ तर हालै फिल्मको एक्सन प्याक टिजर रिलिज भएको छ, जुन अहिले बलिउडको नम्बर १ टिजर बनेको छ ।

मुरुगादास आफ्नो नायकलाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्नका लागि परिचित छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि, उसले कथा वा समग्र सामग्रीसँग कहिल्यै सम्झौता गर्दैनन्।

सलमानको स्टारडम र शक्तिशाली सामग्रीको संयोजनको साथ बक्स अफिसमा धमाका देखिरहेको बेला उनको आगामी उत्कृष्ट चलचित्रबाट अपेक्षा धेरै गरिएको छ । फिल्म सिकन्दरको टिजरमा सलमान खानको हार्डकोर एक्सन अवतार देख्न सकिन्छ ।

सिकन्दरको टिजर तीन दिनअघि युट्युवमा सार्वजनिक गरिएको थियो र सोचेअनुसार दर्शकले रुचाइरहेका छन् । सलमान खानको लुक र ब्याकग्राउण्ड म्युजिकका साथै कलर ग्रेडिङ र अन्य पक्षलाई दर्शकले मन पराइरहेका छन् । जबकि, फ्यानहरुले यसलाई ब्लकबस्टर भनेका छन् ।

तथ्याङ्क अनुसार सिकन्दरको ‘टिजर’ युट्युबमा पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको बलिउड टिजर बनेको छ । डिसेम्बर २८ मा साँझ ४ः०५ बजे रिलिज भएको यो टिजरले पहिलो २४ घण्टामा स्ट्रिमिङ प्लेटफर्ममा ४१.६ मिलियन भ्युज पाएको छ।

यसले शाहरुख खानको डंकीलाई पछि पार्दै कीर्तिमान बनाएको छ । जानकारीका लागि डङ्कीको टिजर ३६.८ मिलियन पटक हेरिएको छ । तर, ४१.६ मिलियन भ्युजको साथ सिकन्दरको टिजरले पनि पहिलो २४ घण्टामा ७२१ हजार लाइक पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?