काठमाडौँ– बलिउडमा आफ्नो कामले सबैलाई मोहित बनाएका कैयौं स्टारहरु छन् ।
तर ती मध्ये कालान्तरमा कुनैको जीवन भने निकै पीडादायी रह्यो । कसैले आर्थिक रुपमा निकै दुःख भोगे भने कोही मानसिक रुपमा समेत विक्षिप्त भए । पीडादायी अवस्था भोगेका तिनै स्टारहरुबारे हामी चर्चा गर्नेछौं ।
महेश आनन्द
सन् १९८० र ०९०को दशकमा महेश आनन्दले बलिउडमा आफ्नो स्थान स्थापित गरेका थिए । उनी नृत्य र मार्सल आर्टमा समेत निकै पोख्त थिए । १३ अगस्ट, १९६१मा जन्मिएका उनको मृत्यु फेब्रुअरी ९, २०१९मा भएको थियो ।
उनले जीवनकालमा निकै पीडा भोगे र त्यही पीडादायी अवस्थामै उनले संसार छोडे । एक फिल्मका लागि गरिएको स्टन्टकै कारण उनी गम्भीर घाइते भएका थिए । यही चोटकै कारण उनी छ महिना अस्पतालमा र तीन वर्षसम्म ओछ्यानमै थला परे । यस अवधिमा ३८ किलो तौलमा झरेका उनको हड्डीमा समेत समस्या देखिएको थियो ।
यसले गर्दा उनलाई कतैबाट काम मिलेन । यही कारण उनी डिप्रेसनमा पुगेका थिए । पाँच जनासँग विवाह गरेपनि उनले कैयौं वर्ष आर्थिक अभाव एक्लै झेले ।
मृत्यु हुनुभन्दा दुई वर्ष अघि मात्र उनलेृ आफूसँग पानी समेत किन्ने पैसा नभएको सामाजिक सञ्जालमा लेखेका थिए । उनले लेखेका थिए, ‘म सँग पानी किन्ने पैसा समेत छैन । यो संसारमा मेरो कुनै परिवार र कोही साथी छैनन् ।
एके हंगल
सन् १९७५मा बलिउडको बक्स अफिसमा फिल्महरु ‘शोले’ र ‘लगान’ले तहल्का मच्चाएको थियो । जसमा एके हंगल क्रमशः रहिम र शम्भू काकाको भूमिकामा थिए । जुन पात्र आम दर्शकको दिल र दिमागमा अझैसम्म बसेको छ ।
दर्शकले रुचाएका तिनै लोकप्रिय हंगलले आफ्नो जीवन भने दुःखदायी रह्यो । आर्थिक रुपमा निकै सास्ती भोगेका उनले आफ्नो औषधि उपचार समेत गर्न सकेनन् ।
उनलाई बलिउडका महानायक अभिताभ बच्चनले आर्थिक सहायता गरेका थिए । सन् २०१२ मा बाथरुममा लडेर घाइते भएका उनको उपचार हुन नपाएर मृत्यु भएको थियो ।
सतीश कौल
सतीश कौलले तीन सय हारहारीको फिल्ममा काम गरे । तर जीवनको अन्तिम समय उनले स्वामी विवेकानन्द आश्रममा बिताए । आर्थिक अभावमा पिल्सिरहँदा उनलाई अभिनेता ज्याकी श्राफभन्दा अन्य बलिउडका कलाकारहरुले सहायता गरेनन् । आश्रममा नै अप्रिल १०, २०२१ मा उनको निधन भएको थियो ।
अचला सचदेव
अचला सचदेव सन् ४० र ५० को दशककी स्थापित अभिनेत्री थिइन् । फिल्म ‘वक्त’बाट रातारात स्टार बनेकी उनको जीवन पनि सुखमय रहेन । फिल्म ‘दिलवाले दुल्हनिया लेजाएङ्गे’मा उनी हजुरआमाकी भूमिकामा थिइन् ।
परिवारले सन् २००२मा उनलाई एक्लै छोडिदिएपछि उनको दुखका दिनहरु शुरु भएको थियो ।
त्यही साल उनको श्रीमान्को पनि निधन भएको थियो । त्यसपछि उनी एक्लै भएकी थिइन् । आफ्नो छोरासमेत उनको साथ नहुँदा आर्थिक अभावमा जुध्दै २०१२ मा पुणेको एक हस्पतालमा उनको निधन भएको थियो ।
मिताली शर्मा
मिलाली शर्मा भोजपुरी फिल्मकी स्थापित अभिनेत्री हुन् । अभिनेत्री बन्ने सपना बोकेरै उनी घरपरिवार छोडेर मुम्बई आएकी थिइन् । शुरुवाती समयमा निर्माता तथा निर्देशकको पहिलो रोजाइमा शर्मा पर्थिन् ।
तर उनका फिल्महरु लगातार बक्स अफिसमा फ्लप हुन थालेपछि उनी निर्माता तथा निर्देशकको आँखाबाट ओझेल पर्दै गइन् । पछि उनले काम नै पाउन छोडिन् ।
यसले उनको आर्थिक अवस्था मात्र नभएर मानसिक रुपमै प्रभाव पार्ने काम गर्यो । भनिन्छ उनको अवस्था भीख माग्नुपर्नेसम्म पुगेको थियो । एक पटक मुम्बईस्थित सडकमा चोरी गरेको अवस्थामा उनलाई प्रहरीले समेत पक्राउ गरेको थियो । जतिबेला उनको मानसिक सन्तुलन समेत ठिक थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया