काठमाडौँ – अंग्रेजी नयाँ वर्ष २०२५ ( बुधबार ) पर्सीबाट सुरु हुँदैछ । नयाँ वर्षमा केही शुभ हुन लागेको छ भने त्यसअघि नै शुभ संकेत देखिन थाल्छन्। धर्म शास्त्रका अनुसार यी संकेतहरू मार्फत तपाईंले थाहा पाउन सक्नुहुन्छ कि तपाईंको राम्रो दिन सुरु हुन लागेको छ।
सन् २०२५ को पहिलो दिन घरको ढोकामा बाछोसहितको गाई देखिएमा यो शुभ संकेत मानिन्छ । यसबाट वर्षभरि लक्ष्मीको आशीर्वाद प्राप्त हुने जनाइएको छ ।
नयाँ वर्षको पहिलो दिन मन्दिर वा कसैको घरबाट शंख बजाउने आवाज आएमा निकै शुभ मानिन्छ । आगामी समय शुभ रहने र काममा सफलता मिल्ने विश्वास छ ।
वर्षको पहिलो दिन घरमा कुनै धार्मिक अनुष्ठान, विवाह वा कुनै पूजाको निमन्त्रणा आएमा शुभ मानिन्छ। यसो गर्दा घरमा सुख र समृद्धि आउने विश्वास गरिन्छ ।
नयाँ वर्षको पहिलो दिन चराले घर वा आँगनमा गुँड बनाएमा धेरै शुभ मानिन्छ। यसले घरबाट नकारात्मक ऊर्जा हट्ने र सौभाग्य प्राप्त हुने संकेत हो ।
यस पटक २०२५ को पहिलो दिन बुधबार परेकाे छ । यस दिन हरियो रंगको फलफूल, कपडा, तरकारी वा अन्य वस्तुहरू दान गर्नुहोस्। यसो गर्नाले कुण्डलीमा बुधको स्थिति बलियो हुन्छ र बुद्धि र वाणीमा भएका दोषहरू हटेर जान्छन् ।
वर्षको पहिलो दिन, अवश्य भगवान गणेश वा आफ्नो मनपर्ने देवताको दर्शन गर्नुहोस्। यसो गर्दा जागिर र व्यापारमा सफलता मिल्ने र जीवनमा सुख मिल्ने जनविश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया