मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देश भक्ति गीत ‘धेरै गर्व गर्‍यौँ हामीले’ सार्वजनिक (भिडियाे)

काठमाडौं– नेपाल र नेपालीहरूको इतिहास तथा वीरताको गौरव गाथा विश्वमै अनुपम छ ।

तथापि यसको महिमालाई अझै विश्वमाझ पुर्‍याउन हाम्रो मेहनत कमी भएको छ भन्ने सन्देशसहित देश भक्ति गीत लिरिकल भिडियोसहित ‘धेरै गर्व गर्‍यौँ हामीले’ सार्वजनिक भएको छ ।

गायक राजेशपायल राई र नेपाल आइडलबाट नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी गायिका ममता गुरुङको स्वर रहेको उक्त गीतको शब्द रचना गीतकार दिलकुमार तामाङले गरेका छन् भने सङ्गीतकार दीपक शर्माकाे सङ्गीत सिर्जना रहेको छ ।

बहुभाषी, बहुल जाति तथा धर्म रहेको नेपाल जातीय, भाषिक, धार्मिक र सांस्कृतिकसँगै भौगोलिक रूपमा पनि हिमाल, पहाड र तराईको सङ्गमताको विविधताले सजिएको छ भन्ने भाव समेत गीतमा समेटिएको छ । त्यसकारण सम्पूर्ण नेपालीहरु देशको सम्मुन्नत विकास र इतिहासको गौरवलाई अझै उचाइमा पुर्‍याउन मेहेनति, प्रतिवद्ध र इमान्दार हुन गीतले आह्वान गरेको छ ।

यसका लागि मूलतः कृषि, ऊर्जा, पर्यटन र प्रविधिसँगै पूर्वाधार क्षेत्रमा विकास गर्नुपर्ने सुझाव गीतमा सुन्न सकिन्छ ।
नेपालको पहिचान र धरोहरको रूपमा रहेको हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ र भगवान बुद्धको जन्मस्थान लुम्बिनीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा जस्ता आधारशिलालाई काँधमा राखेर सम्मुन्नत नेपाल बनाउने अठोट लिनुपर्ने गीत मूल सन्देश छ ।

निजामती सेवामा सेवारत गीतकार उपसचिव तथा हाल गृह मन्त्रालयका सूचना अधिकारीको रूपमा कार्यरत छन् । पाँचथरका तामाङले यसअघि ‘पूर्वै पाँचथर’ बोलको गीत सार्वजनिक गरेका थिए । जसमा पाँचथरको परिचय र वर्णन समेटिएको छ ।

लिरिकल भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?