काठमाडौँ– फिल्म ‘ऊनको स्वीटर’ मा समावेश गीत ‘मखमली’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको उक्त भिडियोको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
कौडा भाकामा आधारितयो गीतमा फिल्मका दुई पात्रको प्रेमलाई प्रस्तुत गरिएको छ । सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको यो गीतमा हर्क साउदका शब्द रचना रहेका छन् भने गायक चापागाईँले संगीत भरेका छन् ।
नवीन चौहानले निर्देशन गरेको यो फिल्मलाई आर्टमाण्डुले निर्माण गरेको हो ।
फिल्म आगामी २६ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । फिल्ममा सुनील पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय रहेको निर्माण टिमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया