मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान

रौतहट– रौतहटस्थित सशस्त्र प्रहरीका तीनजना जवानले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएका छन् ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको ती प्रहरी जवानहरुले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएका हुन् ।

प्रादेशिक अस्पताल गौरमा सुत्केरी गराउन परोहा नगरपालिका वडा ४ लौकाहाकी जोबैदा खातुन बुधवार भर्ना भएकी थिइन्।

सुत्केरी भएपछी महिला खातुनलाई रगतको अति आवश्यक भएको र रगत उपलब्ध नहुँदा डाक्टरको अनुरोधमा तीनजना जवानलाई प्रादेशिक अस्पताल गौरको ब्लड बैकमा पठाएर रक्तदान गराइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमीले अस्पतालमा भर्ना कुनै बिरामीलाई रगतको अभाव भएपछि अन्य विकल्प नहुँदा डाक्टरको अनुरोधमा सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा बाट सशस्त्रका जवानहरू आएर पटक–पटक रक्तदान गर्दैआएको बताएका छन्।

रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी विक्रम हुमागाईं आएदेखि नै यहाँ सशस्त्र प्रहरी दैवीप्रकोप लगायत मानवीय सेवामा विशेष सक्रियता देखाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?