काठमाडौँ– थापागाउँस्थित शिल्पशाला कुञ्ज नाटकघरमा नाटक ‘कोही किन बरबाद होस्’ मञ्चन शुरु भएको छ ।
पुस ८ गतेदेखि शुरु भएको नाटक ११ गतेसम्म मञ्चन हुनेछ । विजय मल्लको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन रङ्गकर्मी राम के.ए.सी.ले गरेका छन् ।
नाटकले नैतिक मुल्य र व्यवहारिक शिक्षा दिने जमर्को गरेको छ । बालकलाकारहरु नाटकमा सलिम श्रेष्ठ, यमलाल गोले, समर श्रेष्ठ, सेसेमी इजम, आशिष सापकोटा, आइरिस श्रेष्ठ, सामना थापा, आशा श्रेष्ठ, अनिशा लामा, अरूणा श्रेष्ठ, आशिका भण्डारी, मनिषा तामाङ, ऋतु अधिकारी, सिम्रीका गुरुङ र मेलिना गौतमको अभिनय रहेको छ ।
सद्भाव थिएटरले ‘शिक्षाका लागि रङ्गमञ्च’भन्ने अभियान लिएर नाटक मार्फत बालबालिकाहरुलाई शिक्षा दिने कार्यलाई निरन्तरता दिइरहेको छ । थिएटरले हालै मात्र बालबालिकालाई केन्द्रित गरेर कुञ्जमै नाटक ‘यशस्वी भव’ मञ्चन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया