काठमाडौँ – जाडोमा कम तिर्खा लाग्ने भएकाले पानी कम पिउने गर्छन् । यस्तो अवस्थामा तपाई पनि डिहाइड्रेसनको सिकार हुन सक्नुहुन्छ । यी लक्षणबाट थाहा पाउन सकिन्छ कि तपाईको शरीरमा पानीको कमी छ ।
हरेक मौसममा मानिसको खाने बानी परिवर्तन हुन्छ । जाडो लाग्ने वित्तिकै मानिसहरु तातो खाना खान थाल्छन् । उनीहरूले चिया र कफी बढी र पानी कम पिउन थाल्छन्। चिसो मौसमका कारण तिर्खा कम लाग्छ ।
यही कारणले गर्दा मानिसहरु आफ्नो तरल आहारमा ध्यान दिदैनन् । जाडोमा कम तिर्खा लाग्नुको अर्थ शरीरलाई पानी चाहिँदैन भन्ने होइन । जाडोमा पनि शरीरलाई सोही मात्रामा पानी चाहिन्छ । कम पानी पिउनाले डिहाइड्रेसनको शिकार बन्न सक्छ। यदि तपाईंले पानी कम पिउनुहुन्छ भने शरीरमा कस्ता लक्षणहरू देखा पर्छन् जानाैं ।
टाउको दुख्ने: यदि तपाईलाई टाउकोमा भारीपन वा दुखाइ महसुस भइरहेको छ भने, तपाईले पानी कम पिउनु भएको छ भनेर बुझ्नुहोस्। शरीरमा पानीको कमीले बारम्बार टाउको दुख्ने गर्छ । शरीरमा पानीको कमीका कारण मस्तिष्कका कोशिकाहरू कम हुन थाल्छन् । इन्डियन जर्नल अफ मेडिकल रिसर्चका अनुसार शरीरमा पानीको कमीले सोच्ने र बुझ्ने क्षमतामा पनि असर गर्छ।
सुख्खा छाला : जाडोमा कम पानी पिउनुको अर्को लक्षण छालाको सुख्खापन पनि हो । जाडो मौसममा छाला सुख्खा हुनु सामान्य कुरा हो तर यदि यो बारम्बार भइरहेको छ र छाला चाउरीरहेको छ भने पानीको कमीले पनि यस्तो हुन सक्छ । लामो समयसम्म पानी कम पिउने व्यक्तिको छाला सुख्खा हुन सक्छ। जाडोमा यो समस्या झनै बढ्छ ।
धेरै पहेँलो पिसाब: यदि पिसाबको रंग धेरै पहेँलो छ। पिसाब कम आउछ । पिसाब फेरेपछि जलन महसुस हुन्छ भने बुझ्नुहोस् शरीरमा पानीको कमी छ । कम पानी पिउनाले तुरुन्तै पिसाबमा असर गर्छ। शरीरमा पानीको कमीले पिसाब फेर्न समस्या हुन सक्छ। यदि पिसाबको रंग गाढा पहेंलो छ भने, तपाईंले तुरुन्तै बुझ्नुपर्छ कि तपाईंले कम पानी पिउनुहुन्छ।
सुख्खा मुख: यदि तपाईको ओठ धेरै फुटेको छ, बारम्बार सुकिरहेको छ वा तपाईको घाँटी सुख्खा छ भने तपाई पानीको कमीबाट पीडित हुनुहुन्छ। मुखमा सुख्खापन महसुस भयो भने बुझ्नुहोस् शरीरमा पानीको कमी छ । मुख सुख्खा हुनुको अर्थ पानीको कमीका कारण र्याल ग्रन्थीहरूले सही मात्रामा र्याल उत्पादन गर्न नसकेको हो। यस्ता लक्षण देखिएमा धेरै पानी पिउन थाल्नुहोस् ।
मुटुमा भारीपन : लामो समयसम्म शरीरमा पानीको कमी हुँदा रगतको मात्रा पनि प्रभावित हुन्छ । यस्तो अवस्थामा मुटुले रगत आपूर्ति गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ । यसले मुटुमा दबाब दिन्छ र भारीपनको अनुभूति गराउँछ। हिँड्दा धेरै पटक मुटुको धड्कन बढ्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया