मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ– अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ ।

स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

स्पेसएक्सले पछि २१ उपग्रहहरूको तैनाती पुष्टि गर्यो, जसमा १३ डायरेक्ट टु सेल क्षमताहरू छन् ।

यो मिसनलाई समर्थन गर्न पहिलो चरण बूस्टरको १४ औं उडान थियो ।

स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच अनुपलब्ध भएका स्थानहरूमा पु¥याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?