नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल हेर्न ठूलो सङ्ख्यामा दर्शक उपस्थित भएका छन् ।
त्रिवि मैदानमा बिहानैदेखि दर्शक आउन थालेका थिए । दुवै टोलीका समर्थक आआफ्ना टिमको समर्थनमा प्लेकार्डसहित उपस्थित भएका छन् ।
मैदानमा राजनीतिक दलका नेता पनि उपस्थित भएर खेल हेरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री रमेश लेखकले पनि मैदान पुगेर खेल हेरेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया