काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सेफ अली जेबले पहिलो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए ।
खेलमा जेबले ४१ बलमा ६९ रन जोडे भने भण्डारीले ४१ रनको योगदान दिए ।
त्यसैगरी, हरमित सिंह र ब्रान्डन म्यामुलनले समान १४ रन बनाए । जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया