मुम्बई– हालै सामाजिक सञ्जालमा ऐश्वर्या राय र अभिषेक बच्चनका कैयन् भिडियो भाइरल भएका छन् । केही समययता यी दुईबीच डिभोर्स भएको चर्चा पनि चल्ने गरेको थियो ।
तर, हालै सार्वजनिक भएको एक भिडियोमा भने अभिषेक र ऐश्वर्यालाई एकसाथ देखिएको भिडियो फुटेज सार्वजनिक भएका छन् । यो जोडीको पछिल्लो भिडियोहरु सार्वजनिक हुने बित्तिकै उनीहरु भाइरल भएका छन् । यी भिडियोहरू दम्पतीकी छोरी आराध्याको वार्षिक समारोहका थिए, जसमा बच्चन परिवार सहभागी भएको थियो ।
यस क्रममा ऐश्वर्या र अभिषेक मात्रै नभई आफ्नी नातिनीको वार्षिक समारोहमा अमिताभ बच्चन पनि सँगै देखिएका थिए । यसैबीच, आज आराध्याको स्कुल फंक्शनको दोस्रो दिन थियो र यसै क्रममा बच्चन बुहारी र छोरा फेरि एकसाथ देखिए ।
वास्तवमा ऐश्वर्या राय र अभिषेक बच्चनबीच केही पनि राम्रो नभएको र सम्बन्धविच्छेद गरेर यो जोडी अलग हुने हल्ला लामो समयदेखि चलिरहेको थियो । यस्तो हल्ला पहिलो पटक बाहिर नआए पनि लामो समयदेखि यस्तै कुराहरु भइरहेका थिए ।
जोडीको भिडियो सार्वजनिक हुने बित्तिकै सबैले झुटो अफवाहको जवाफ पाएको भारतीय मिडियाले विश्लेषण गरेका छन् ।
सामाजिक सञ्जालमा ऐश्वर्या राय र अभिषेक बच्चनको नयाँ भिडियो सार्वजनिक भए पछि उनीहरुका फयानहरु पनि खुसी भएका छन् । ती भिडियोहरुमा ऐश्वर्याकी आमा अर्थात् आराध्याकी हजुरआमा पनि नातिनीको वार्षिक समारोहमा सहभागी भएकी छन् ।
यस क्रममा ऐश्वर्या आफ्नी आमासँग देखिएकी थिइन् । भिडियोमा अभिषेक बच्चन पनि देखिएका छन् ।
समय समयमा ऐश्वर्या राय र अभिषेक बच्चनको बिछोडको चर्चा सुन्ने गर्दथ्यौ तर अब यी भिडियोहरु आएपछि सबैले आफ्नो जवाफ पाएका छन् र अब सबैलाई थाहा भएको छ कि यो जोडीको सबै कुरा ठिक छ । सबन्ध बिच्छेद र मनमुटावका हल्ला हल्ला मात्रै हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया