काठमाडौँ– यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
पाकिस्तानलाई हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाँडिएको थियो ।
हिजो भएको सुपर–४ मा नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको थियो भने बंगलादेश पनि ४ अंकको हैसियतमा आज नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । नेपालले अब सुपर–४ को अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ ।
सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया