मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरमा हेमोग्लोबिन बढाउनका लागि खानुहोस् यस्ता खाने कुरा

काठमाडौँ– रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ । यसको काम श्वासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्‍याउनु हो ।

स्वास्थ्यको ख्याल नराख्दा शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुन्छ, जसले रगतमा हेमोग्लोबिनको मात्रा पनि कम हुँदै जान्छ ।

यी तत्व कमी हुँदा मानिसलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ । हेमोग्लोबिनको मात्रा कम हुनुलाई रक्तअल्पता पनि भनिन्छ । यो आफैंमा कुनै रोग त होइन, तर रोगको संकेत भने हो । हेमोग्लोबिनको कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्छन् ।

मानिस अनुसार हेमोग्लोबिनको स्तर फरक–फरक हुन्छ । यदि परीक्षणमा हेमोग्लोबिनको मात्रा पुरुषमा १३.५ जीरडीएल  र महिलाहरूमा १२ जीरडीएल भन्दा कम छ भने यो अवस्था हेमोग्लोबिन कम भएको मानिन्छ । यसको कमीले शरीरमा रगतको मात्रा घट्छ । यसकारण आज हामी हेमोग्लोबिन बढाउन साहायक खानेकुराको विषयमा जानकारी दिन चाहन्छौँ ।

अनार

अनारमा भिटामिन, क्याल्सियम र आइरन पर्याप्त मात्रामा पाइन्छ । अनारको जुस पिउँदा पनि हेमोग्लोबिन बढाउन सकिन्छ ।

पालकको साग

शरीरमा हेमोग्लोबिनको कमी हुँदा पालकको सेवन गर्न सकिन्छ । पालकमा आइरन अत्यधिक मात्रा पाइन्छ । जसले शरीरमा हेमोग्लोबिन बढाउने काम गर्छ ।

चुकन्दर

यसको सेवनले हेमोग्लोबिन बढाउन मद्दत गर्छ । चुकन्दरको पातमा पनि प्रचुर मात्रामा आइरन पाइन्छ ।

किसमिस

शरीरमा आइरनको कमी पूरा गर्न किसमिसको पनि सेवन गर्न सकिन्छ । यसले रगत बनाउनका लागि आवश्यक भिटामिन बी कम्प्लेक्स पूरा गर्ने काम गर्छ ।

अंकुरित आहार

हेमोग्लोबिनको कमी भएको अवस्थामा तपाईं बिहान उठेर अंकुरित चना, गहुँ लगायतलाई मिसाएर खान सक्नु हुन्छ ।

ओखर

ओखरमा ओमेगा–३ फ्याटी एसिड, क्याल्सियम, म्याग्नेशियम र फाइबर प्रचुर मात्रामा पाइन्छ । दिनहुँ केही मात्रामा ओखर खाँदा फाइदा पुग्छ ।

तिल

तिलको सेवन गर्दा पनि शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ । यसले शरीरमा हुने रगतको कमीलाई पूरा गर्ने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?