मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कमल बिरहीको ‘सुनतारा’ बजारमा (भिडियो)

काठमाडौँ– लोकदेउडा गायक कमल बिरही थापाले देउडा गीत सुनतारा बजारमा ल्यायाका छन्।

इजू, उडिगै डालिका मैना, चिना हरायाको मान्छे, निलकमल फुल्यो जस्ता थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका थापाले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका हुन्।

उनले गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन्। रेस विसीको निर्देशन र जानकी थापा मगरको निर्माणमा बनेको गीतमा थापालाई तुलसी घर्ती मगरले स्वरमा साथ दिएकी छन्।

अभिनयमा रेस विसी, निरुता विष्ट र गोपाल चौलागाईंको छन्। संगीत संयोजन तेजेन्द्र गुरुङको र क्यामरासँगै भिडियो सम्पादन कमल सुनारको छ।

थापा देउडा क्षेत्रका पुराना गायक हुन्। आजभोली उनी जिविकोपार्जनका लागि दक्षिण कोरिया छन्। परदेश भए पनि उनले नेपाली गीत/संगीतखी भुलेका छैनन्। परदेशैबाट पनि उनी सांगीतिक क्षेत्रमा सकेको योगदान पुर्‍याइरहेका हुन्छन्।

उनले आगामी दिनमा पनि गीत बजारमा ल्याउन्या सोच रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?