मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित भारतीय तबलावादक जाकिर हुसेनको निधन

काठमाडौँ– चर्चित भारतीय तबलावादक जाकिर हुसेनको निधन भएको छ । उनको अमेरिकास्थित सान फ्रान्सिस्को अस्पतालमा उपचारका क्रममा सोमवार निधन भएको हो ।

७३ वर्षीय जाकिर फोक्सोसम्बन्धी रोगका कारण ग्रसित थिए । परिवारका अनुसार उनी केही हप्तादेखि अस्पतालमा उपचाररत थिए ।

विश्व चर्चित तबलावादक जाकिर भारतमा निकै लोकप्रिय थिए । उनले शिक्षकका रुपमा समेत काम गरेका थिए । पूर्वीय संगीतलाई विश्वमाझ पुर्‍याउनमा उनको भूमिका ठूलो भएको भन्दै सामाजिक सञ्जालमा समवेदना व्यक्त गरेका छन् ।

मार्च ९ सन् १९५१ मा जन्मिएका जाकिरले संगीत नाटक एकेडेमी अवार्ड, पद्मश्री, पद्म भुषण, ग्रामी अवार्ड लगायतबाट सम्मानित भए । उनले केही फिल्ममा समेत अभिनय गरेका थिए ।

उनको निधनको खबरपछि सेलिब्रेटी र राजनीतिज्ञले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?