काठमाडौँ– अभिनेता पल शाह अभिनित गीत ‘रिमै’लाई दर्शकको साथ मिलेको छ ।
तीन साता अघि सार्वजनिक भएको गीत यतिबेला ट्रेण्डिङ नम्बर १३ मा छ । माया, प्रेमकै विषय समेटिएको गीतको शब्द रचनामा विष्णु भण्डारीले गरेका छन् भने यसमा स्वर प्रमोद खरेल र मेलिना राईको रहेको छ ।
गीतमा सरोज पोखरेलको सङ्गीत तथा एरेन्ज दिवेश राईको छ । गीतको भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका छन् ।
त्यस्तै, भिडियो छायांकनमा प्रकाश खड्का र सम्पादनमा मिलन विश्वकर्मा छन् । भिडियोमा अभिनेता शाहसँगै कमला घलानको अभिनय देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया