काठमाडौँ– यतिबेला फिल्म ‘रिमै’को छायांकन कार्य तीव्र गतिमा भइरहेको छ ।
गोरखाको सिरानचोकमा मङ्सिर महिनाको शुरुवातीमै छायांकन शुरु गरिएको फिल्मको सिरानचोकसहित झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरीलगायतका स्थानहरुमा छायांकन जारी छ ।
दयाहाङ राई र रिस्मा गुरुङको शीर्ष भूमिका रहेको फिल्मको निर्देशन खिल बहादुर गुरुङले गर्दैछन् । फिल्ममा बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
तस्वीरहरु :






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया