मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेलिसिरियल ‘मनको बाँध’काे प्रसारण

काठमाडौँ– बिहीबारदेखि टेलिसिरियल ‘मनको बाँध’ को प्रसारण शुरु भएको छ।

निर्माण टिमले बिहीबार पहिलो भाग सार्वजनिक गरेका थिए । जसमा पारिवारिक कथा समेटिएकाे थियाे । प्रदीप खड्गीकाे पटकथा लेखन तथा निर्देशन रहेकाे सिरियलमा दिवस खड्काको कथा रहेको समावेश छ ।

सिरियलको निर्मातामा भने सन्नी शाही र कार्यकारी निर्मातामा आशिष शाही छन्। सिरियल प्रत्येक बिहीबार बेलुका ७ बजे फोकस पिक्चर्स युट्युब च्यानलमार्फत प्रसारण हुनेछ।

समसामयिक सामाजिक कथावस्तुलाई समेटिने सिरियलमा श्रेया कर्माचार्य, दृष्टि थापा, सनिश शाक्य, प्रवीण बजगाईं, रवीन्द्र नेपाल, तृषला गुरुङ, विशेष भट्टराई, अविनेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, कृष्ण भक्त महर्जन, लक्ष्मी कुमार महर्जन, राजेन्द्र महर्जनलगायत कलाकारको अभिनय रहनेछ।

सिरियलको ट्युनिङ गीतमा रन्त शोभा महर्जन र निर्माता शाहीको स्वर रहेकाे छ। गीतको सङ्गीतमा निर्देशक खड्की र शब्दमा उनीसहित सन्नी र सुशील राजुपाध्यायले लेखेका हुन्।

अमन महर्जन र राज महर्जनले छायांकन गरेका सिरियलमा आभास महर्जनको सम्पादन रहेकाे छ। निर्देशक खड्गीले यसअघि नेपाली ऐतिहासिक कथावस्तुमा आधारित ‘कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी’, ‘अपीच्य’, बहुभाषामा ‘हिम आँधी’लगायत फिल्मको निर्देशन गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?