काठमाडौँ- पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन । ब्यक्तिगत रूपमा विवादास्पद करियर बोकेका उनस्पट फिक्सिङको आरोपमा जेलसमेत परेका महान पाकिस्तानी क्रिकेट खेलाडी हुन् ।
३२ वर्षीय खेलाडीले यस वर्षको सुरुमा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकप खेल्नु अघि सन्न्यास लिएका थिए । ‘सावधानीपूर्वक विचार गरेपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय लिएको छु,’ आमिरले एक्सको एक पोस्टमा भने, ‘यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन् तर अपरिहार्य छन्। मलाई लाग्छ कि यो अर्को पुस्ताको लागि ब्याटलिने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा उचाल्ने सही समय हो।’
न्युजिल्यान्डको भ्रमणबाट बाहिरिए पछि उनले डिसेम्बर २०२१ मा सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने जनाएका थिए तर विश्वभरका फ्रेन्चाइज टी–२० लिगमा खेल्न जारी राखेका थिए ।
उनको ३६ टेस्ट खेलमा ११९ विकेटको रेकर्ड कायम छ । साथै, ६१ एकदिवसीय खेलमा ८१ विकेट लिएका छन् भने ६२ टी–२० खेलमा ७१ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया