मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल

काठमाडौँ – साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ गरेको छ । हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो ।

डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो । जबकि उनका छोरा घाइते भएका छन् ।

अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिने छ । प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा ब्यवस्था कडा गरिएको छ ।

धेरैले अल्लु अर्जुनले पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा समेत खान नदिएको र बेडरुमबाटै सिधै पक्राउ गरेको उनले बताए । उनलाई लुगा फेर्न पनि मौका दिइएको छैन ।

यही बेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ ले यतिबेला हलचल मच्चाइ रहेको छ । पुष्पा–२ साउथका साथै हिन्दी क्षेत्रमा पनि निकै रुचाइएको छ । तर अल्लु अर्जुनका लागि यो फिल्म समस्या बनेको छ ।

खासमा फिल्मको स्क्रिनिङ ४ डिसेम्बरमा हैदराबादमा भएको थियो, हैदरावादको सन्ध्या थिएटर नजिकै यो कार्यक्रमका क्रममा भागदौड मच्चिएको थियो । यसमा रेवती नामकी महिलाको मृत्यु भएको थियो । जबकि उनका छोरा घाइते भएका छन् ।

यो दुर्घटनापछि अल्लु अर्जुनले सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो पोस्ट गर्दै माफी मागेका थिए र महिलाको परिवारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

तर, महिलाका परिवारले उजुरी दिएपछि प्रहरीले डिसेम्बर ५ मा अल्लु अर्जुन र उनको सुरक्षा टोलीसहित थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो । यो मुद्दा भारतीय न्यायिक संहिताको धारा १०५ र ११८ ९१० अन्तर्गत दर्ता गरिएको थियो। यसपछि प्रहरीले थिएटरका सञ्चालक र उनका इन्चार्जलाई पनि पक्राउ गरेको छ ।

भारतीय न्यायिक संहिताको धारा १०५ अनुसार दोषी पाइने व्यक्तिलाई न्यूनतम ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?