काठमाडौँ – नेपाल प्रिमियर लिग ‘एनपीएल’ मा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो।
विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित रहे। त्यस्तै राजेश पुलामी मगर ३३ रनमा अविजित रहे। २० बलमा उनले १ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै मार्टिन गुप्टिलले ४५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकालले २ विकेट र सोहिल तनवीर, बसिल हमिद र कुशल मल्लले १ विकेट लिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया