मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘रेमन्यान्ट्स’लाई ‘नेपाली पानारोमा’ अवार्ड

काठमाडाैँ- १२ औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत फिल्म ‘रेमन्यान्ट्स’ले ‘नेपाली पानारोमा अवार्ड’ जितेकाे छ ।

धनराज बार्कोटेले यस फिल्मको निर्देशन गरेका हुन् । बिहीबार सम्पन्न महोत्सवमा ‘देवी’ वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन् । ‘ब्ल्याक रेन इन माई आइज’ले उत्कृष्ट लुघ वृत्तचित्र अवार्ड जितेको छ ।

त्यस्तै, सर्ट फिक्सनजतर्फ ‘द फस्र्ट’ फिल्मले अवार्ड जितेको छ । अवार्ड विजेताहरुलाई प्रतिनिधिसभा सांसद् ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गरे ।

फिचर डकुमेन्टी अवार्ड ‘ह्वेर वी युज्ड टु स्लिप वाई’ र फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित ‘अल वि इम्याजिन एज लाइट’ले जितेको छ ।

सामुहिक अधिकार नारासहित मंसिर २४ गतेदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा महोत्सव चलेको थियो । महोत्सवका दौरान विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरियो ।

महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चार दिने वर्कसप समेत सञ्चालन गरेका थिए । जसमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए ।

महोत्सवको शुरुवातमा ‘ अल वि इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन द बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो । कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभलहरुमा अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र यस महोत्सवमा प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?