मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँले दियो जनकपुरलाई १०२ रनको सामान्य लक्ष्य

काठमाडौँ – काठमाडौँ गुर्खाजले जनकपुर रोयल्सविरुद्ध १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग ‘एनपिएल’ अन्तर्गतको आजको दोस्रो खेलमा १०२ को मात्र लक्ष्य दिएको हो ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौंले २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर १०१ रनको योगफल तयार गर्न सफल भयो ।

काठमाडौँका लागि जेरार्ड इरास्मसले २२ बलमा दुई चौकासहित २० रनको योगदान गरे । त्यस्तै कप्तान करण केसीले १९ रन बनाउँदा ओपनर स्टेफन इस्किनाजीले १७ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौँलाई कम रनमा रोक्न ललित राजवंशीले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहम्मद मोशिनले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट हासिल गर्दा किशोर महत्तो, अरनिको यादव र शेर मल्लको नाममा एक विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?