काठमाडौँ– सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को यतिबेला छायांकन कार्य तीव्र रुपमा भइरहेको छ ।
चिसो मौसमको पर्वाह नगरी फिल्मी युनिट अहिले पनि छायांकनकै क्रममा छन् । निर्देशक सेनले हालै मात्र रात्रिकालीन समयको छायांकन भइरहेको तस्वीरहरु सामाजिक सञ्जालमा राखेका छन् ।
उनका अनुसार दश बिघा जमीन ओगटेको घना जङ्गलको सेटमा ‘बलिदान’को छायांकन भइरहेको छ । उनले लेखेका छन्, ‘यो चिसो चिसो मौसममा पर्दा पछाडीका हिरोहरुले गर्दैछन दर्शकको लागि बलिदानी ।
समीर भट्ट शीर्ष भूमिकामा रहेको फिल्ममा अर्पण थापा, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय रहनेछ । आशुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा दर्शन जीको कथा लेखन र निर्माताको रूपमा पवन विष्ट तथा सह–निर्मातामा प्रेम पुरी छन् ।
तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया