मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

जी नेटवर्कले किन्यो नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’ को हिन्दी राइट्स

काठमाडौँ– नीता ढुङ्गाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्व दीर्घ’ को हिन्दी भाषाको टेलिभिजन अधिकार भारतीय कम्पनी जी नेटवर्कले किनेको छ । नीता ढुङ्गानाले सामाजिक सञ्जाल फेसबूकमार्फत यसबारेमा जानकारी दिँदै ‘चलचित्र बनाउनुको उद्देश्य पूरा भएको’ बताएकी छिन् ।

उनका अनुसार दक्षिण भारतीय र नेपाली भाषाबाहेकको राइट्सबाहेक अरु जी नेटवर्कले प्रदर्शन गर्नेछ । गत कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा नेपालीसहित दक्षिण भारतीय कलाकारको पनि अभिनय रहेको छ । यद्यपि फिल्मको राइट्स कतिमा विक्री गरिएको भन्ने निर्माण टिमले जानकारी दिएको छैन ।

मिडिया कम्पनी जी नेटवर्क भारतको मुम्बईमा मुख्यालय रहेको कम्पनी हो । जसले टेलिभिजन, प्रिन्ट, इन्टरनेट, फिल्म लगायतमा लगानी गर्दै आएको छ । यसका ८० भन्दा बढी च्यानल विश्वका १९० राष्ट्रमा प्रसारण हुने बताइएको छ ।

जी नेटवर्कले नेपाली फिल्मको अधिकार किनेपछि नीताले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जुन उद्देश्यले हामीले यो फिल्म बनाएका थियौँ, त्यो उद्देश्य पूरा भएको छ । नेपाली चलचित्र विश्व बजारमा फैलाउने हाम्रो उद्देश्य भारतीय ओटीटी प्लेटफर्म जी नेटवर्कमा पहिलो नेपाली चलचित्र ह्रस्व दीर्घ विक्री भएको छ ।’

यो फिल्मले नेपालमा सुखद व्यापार गरेको थियो । निर्माण टिमको दाबी अनुसार फिल्मले हलबाट ९ करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको थियो । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ रिलिजपछि भने धेरै हल सञ्चालकले यो फिल्मको शो हटाएका थिए ।

चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, विपना थापा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?