काठमाडौँ– फिल्म ‘गाउँ आएको बाटो’ हङकङमा चाइनिज भाषाको सब–टाइटलमा प्रदर्शन हुने भएको छ ।
नवीन सुब्बाको निर्देशन रहेको यस फिल्म मंसिर २७ गतेदेखि हङकङको चार हलमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । निर्माण टिमका अनुसार हङकङका हलमा पहिलो पटक नेपाली फिल्मको थिएट्रिकल रुपमा प्रदर्शन हुन लागेको हो ।
यसअघि भने हल बुक गरेर नेपाली दर्शकबीच नेपाली फिल्मको विशेष प्रदर्शन हुँदै आएको थियो । फिल्म एक महिनासम्म हङकङका हलमा प्रदर्शन गर्ने तय भएको छ ।
फिल्मलाई हङकङस्थित गोल्डेन सिन कम्पनीले वितरण गर्नेछ । अन्तर्राष्ट्रिय बजारपछि घरेलु बजारमा प्रदर्शन भएको यस फिल्ममा दयाहाङ राई र पशुपति राई शीर्ष भूमिकामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया