मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एनपीएलमा लुम्बिनीलाई पहिलोपटक जीतको स्वाद, चितवन ३३ रनले पराजित

काठमाडौँ– नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ । चितवन राइनोजसँगको खेलमा लुम्बिनीले फराकिलो अन्तरले जित हासिल गरेको हो ।

कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र बलिङमा लुम्बिनीले ३३ रनले हराउँदै चितवनलाई हराएको हो । खेलमा रोहितले ४ विकेट लिए । चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेट बनाएर १३४ रन बनाउन सक्यो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा लुम्बिनीले बलिङ पनि आक्रामक गरेको थियो । यसअघिका खेलमा राम्रो बलिङ गर्न नसकेको लुम्बिनीले आजको खेलमा भने उत्कृष्ट प्रदर्शनी गरेको हो ।

यसअघि तीनवटा खेल हारेर अंक तालिकामा पुच्छरमा रहेको लुम्बिनीले कप्तान कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा उत्कृष्ट लय सम्हाल्दै विजयी हुन सफल भएको हो ।

लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोडन सफल भयो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए भने चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युक बेनकेनस्टन अभिषेस गौतमले आउट गराए ।

उता, कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडेका थिए भने रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भएका थिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको लक्ष्य निर्धारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?