काठमाडौँ– सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ । आज प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार गत सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रूपैयाँमा सुन कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार ६० रूपैयाँले मंहगो भएको हो ।
सोमबार प्रतितोला १ हजार ८६० रूपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया